Item request has been placed! ×
Item request cannot be made. ×
loading  Processing Request

बहुभाषिक परिवेशमा भाषानीतिको प्रभावकारी कार्यान्वयन: चुनौती र रणनीति {Effective Implementation of Language Policy in a Multilingual Context: Challenges and Strategies}

Item request has been placed! ×
Item request cannot be made. ×
loading   Processing Request
  • Additional Information
    • Publication Information:
      Research Management Cell, Central Department of Education, Tribhuvan University, Kathmandu, Nepal
    • Publication Date:
      2025
    • Collection:
      Nepal Journals Online (NepJOL)
    • Abstract:
      स्थानीय भेषभूषा, संस्कार, संस्कृति, रितिरिवाज र चालचलन जोगाई भाषिक विविधताको संरक्षण र सम्बर्धन गरी देशको स्वाभिमान जोगाउनु राज्यको कर्तव्य हो । प्रस्तुत लेख बहुभाषिक परिवेशमा भाषानीतिको कार्यान्वयनमा देखिने चुनौती र समाधानका उपायहरूसँग सम्बन्धित छ । बहुभाषिक परिवेशका भाषानीतिगत प्रावधानहरू पहिचान गरी नेपालको सन्दर्भमा भाषानीति कार्यान्वयनमा देखिएका समस्या र समाधानका उपायहरूको खोजी गर्नु यस लेखको प्रमुख उद्देश्य हो । यस लेख गुणात्मक विधिको तुलनात्मक र समीक्षात्मक कार्यमा आधारित छ । यस अध्ययनमा विभिन्न देशहरूका बहुभाषिक भाषानीति कार्यान्वयनका अभ्यासहरू केलाई चुनौतीको पहिचान र समाधानका उपायको खोजी गरिएको छ । सन्दर्भसापेक्ष भाषानीति, सहभागीमूलक वातावरण र आवश्यक स्रोत उपलब्ध गराउन सकेमा बहुभाषिक परिवेशको भाषानीति कार्यान्वयनमा सहजता भई सामाजिक समावेशिता, शैक्षिक गुणस्तर र सांस्कृतिक पहिचानलाई सुदृढ बनाउन सकिन्छ । आर्थिक स्रोत जुटाउनका लागि सरकारी र गैरसरकारी स्तरका राष्ट्रिय र अन्तर्राष्ट्रिय संघसंस्थाको सहकार्यका साथै स्वयंसेवकको श्रमदान र स्थानीयको साथ सहयोगमा कम खर्चमा भाषिक नीतिलाई कार्यान्वयन गर्न सक्ने निष्कर्ष निकालिएको छ । अत: बहुभाषिक परिवेशको भाषिक नीति कार्यान्वयनका लागि सबै भाषा र जाति केन्द्रित संस्कृति, भेषभूषा, चाडपर्व जस्ता बहुज्ञान आदानप्रदान गर्ने भाषिक वातावरण निर्माण गरिनु आवश्यक छ । यस अध्ययनले बहुभाषिक परिवेशको भाषानीति र यससँग सम्बन्धित क्षेत्रमा अध्ययन अनुसन्धान गर्न चाहने जो कोहीलाई आवश्यक सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
    • File Description:
      application/pdf
    • Relation:
      https://nepjol.info/index.php/ire/article/view/86759/65893; https://nepjol.info/index.php/ire/article/view/86759
    • Online Access:
      https://nepjol.info/index.php/ire/article/view/86759
    • Rights:
      Copyright (c) 2025 Interdisciplinary Research in Education ; https://creativecommons.org/licenses/by-nc/4.0
    • Accession Number:
      edsbas.FF3A5325